४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतर्फि आलोचनापछि मधेसका मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री हटाए



अ+ अ-

काठमाडौँ । मधेश प्रदेश सरकारका ८ जना राज्यमन्त्री हटाइने भएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ ।

जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चौतर्फि आलोचना हुन थालेपछि राज्यमन्त्री हटाइएका हुन् ।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।