२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाउनुभएको छ ।

‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ ।

सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।