१४ मंसिर २०८१, शुक्रबार
,
Latest
एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने कर्णाली याक्सबाट खेल्न शिखर धवन नेपाल आइपुगे रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही’ काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैनः मन्त्री गुरूङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शब्द योगमा नि:शब्द भएका वरिष्ठ पत्रकार कोइराला



अ+ अ-

काठमाडौं । ओशोधारा नेपालद्वारा साउन २५ देखि २७ गतेसम्म आयोजना भएको पाँचौं तहको समाधि साधना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अन्तिम सत्र अर्थात् पृष्ठपोषणको सत्रमा सहभागीको अनुभव, राय र सुझाव लिने क्रममा कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले यो तहसम्म आइपुग्दा आफूसँग बोल्नको लागि शब्द नै कम भएको बताए ।

‘पहिलो तहको ध्यान साधना कार्यक्रमगर्दा ध्यान के हो ? ध्यानको अभ्यासले के हुन्छ जानेको र सुनेको अनि आफ्नो अनुभूतिलाई धेरै मिलाएर बोल्न जान्ने र बोल्न सक्ने ठानेको थिएँ । अध्यात्म यस्तो यात्रा रहेछ कि बाहिर जानेका र सुनेका कुरालाई बोलेर होइन भित्रको अनुभूतिमा बोधगम्य हुँदोरहेछ । साधनाको तह जति गहिरिँदै गयो संसारी तह त्यति नै माथि माथि लाग्दो रहेछ । संसारमा पो बोलेर जित्नुछ । बोलेर प्रमाणित गर्नुछ । बोलेरै अगाडी आउनुछ । अध्यात्म आत्मिक साधना भएकोले म निशब्द छु, जे अनुभूति गरेको साधनाबाट त्यसलाई गहिराईसम्म पुग्न दिनेछु । ’ वरिष्ठ पत्रकार कोइरालाले भने ।

उनले वर्षौंदेखि हाम्रा ऋषिमुनीहरूले गर्दै आएको साधना विधिलाई सुमिरन योग, तथाता योग र शब्द योगको माध्यमबाट जीवनशैली रूपान्तरणको आयाम समेटिएको ओशोधारा नेपालले काठमाडौँ साधना केन्द्रमा आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले शब्द साधनाको माध्यमबाट शब्द गुरूको निर्देशनलाई आत्मसात गर्ने अवसर पाएका बताए । यो कार्यक्रममा बैंकर, शिक्षक, विद्यार्थी, गृहिणी, सेवा निवृत्त कर्मचारी, व्यापारी लगायतले कार्यक्रममा सहभागी भएर लाभ लिएका छन् । पृष्ठपोषणको क्रममा सबै साधकले आफ्नो अनुभूतिलाई शब्दमा व्यक्त गर्न नसकिने तर त्यसको आनन्दमा डुब्न सकेको बताएका थिए ।

कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य ई अनन्त विष्टले विभिन्न साधना पद्धतिको माध्यमबाट साधकहरूलाई सहजीकरण गराएका थिए ।

चेतना जागरण, स्वाध्याय र जीवनशैली रूपान्तरणका लागि ओशोधारा नेपालले महिनैपिच्छे विभिन्न कार्यक्रम र प्रत्येक विहान जुमको माध्यमबाट कार्यक्रम संचालन गर्दै आइरहेको छ ।