२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा प्रेस चौतारी नेपालमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ ।

उहाँलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतका नेताहरूका साथै प्रेस चौतारीका नेताहरूले एमालेको जनसंगठन प्रेस चौतारी नेपालमा स्वागत गर्नुभयो । सोमबार पार्टी केन्द्रीय कार्यालयमा उहाँलाई स्वागत गरिएको हो ।

शर्माले आफूलाई संगठनले दिएको जिम्मेवारी इमानदारितापूर्वक पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिस्पर्धाको राजनीतिमा नेकपा एमाले उत्कृष्ट पार्टी स्थापित भएको कारण आफू एमाले र त्यसको जनसंगठन प्रेस चौतारी नेपालमा समाहित भएको उहाँले बताउनुभयो ।