४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा प्रेस चौतारी नेपालमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ ।

उहाँलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतका नेताहरूका साथै प्रेस चौतारीका नेताहरूले एमालेको जनसंगठन प्रेस चौतारी नेपालमा स्वागत गर्नुभयो । सोमबार पार्टी केन्द्रीय कार्यालयमा उहाँलाई स्वागत गरिएको हो ।

शर्माले आफूलाई संगठनले दिएको जिम्मेवारी इमानदारितापूर्वक पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिस्पर्धाको राजनीतिमा नेकपा एमाले उत्कृष्ट पार्टी स्थापित भएको कारण आफू एमाले र त्यसको जनसंगठन प्रेस चौतारी नेपालमा समाहित भएको उहाँले बताउनुभयो ।