३० कार्तिक २०८२, आईतवार
,
Latest
२१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मे.टन कफी आयात यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक… ओलीको प्रश्न: यो सरकार कसको हो ? भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग बयान लिएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा सभापतित्वको समितिले सहकारी संस्थाको बचत दुरुपयोगबारेमा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेत रहेका सिंहसँग सोमबार सिंहदरबारमा बयान लिएको हो ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरूसँगको बयानको क्रममा समितिले सुमेरु बचत तथा ऋण सहकारीका सेयर सदस्य सिंहलाई बयानमा बोलाएको थयो ।

समितिलाई जवाफ दिने क्रममा शाहले निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था सुरु गरी विश्वासको वातावरण बनाउन लागेको बताएका छन् । उनले सहकारी संस्थालाई पुनःसञ्चालन गर्ने योजनासहित नयाँ सञ्चालक समूह भित्रिएको पनि जानकारी दिएका छन् ।

२३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

उक्त रकम ठगेर सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा लुकेका छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।