२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति कोटिहोममा महिला भलिबल टिमलाई सम्मान – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई पशुपति कोटिहोममा सम्मान गरिएको छ ।

सोमबार पशुपति क्षेत्रमा जारी कोटिहोममा टोलीलाई सम्मान गरिएको हो ।  मानव सेवा फाउण्डेसनले प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई नगदसहित सम्मान तथा अभिनन्दन गरेको हो ।

खेलाडीहरुलाई नगद रु ५ लाख ५१ हजार सहित खेलाडीलाई सम्मान तथा अभिनन्दन गरिएको महायज्ञका संकल्पकर्ता तथा फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।

फाउण्डेसनले नेपाली टिमकी क्याप्टेन अरुणा शाहीसहित खेलाडीहरु निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

त्यस्तै, व्यवस्थापक निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवलाई पनि सम्मान गरेको छ । गत बुधबार भएको काभा महिला नेसन्स भलिबल प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।