४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँस्य टेलिसिरियल ‘सक्किगोनी’का आचार्यसहित तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ



तस्बिरः सक्किगोनीबाट
अ+ अ-

काठमाडौँ ।काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत रहेका छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको बताइएको छ ।

काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरू पक्राउ परेका थिए । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।