२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषी ७९औं स्थानमा रहेर दौड पूरा गरिन्



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहँदै दौड पूरा गरेकी छन् ।

पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् ।

सन्तोषीको लक्ष्य राष्ट्रिय कीर्तिमान बनाउने थियो । तर उनी सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् ।

यस इभेन्टमा ११ खेलाडीले म्याराथन बीचमै त्यागेका थिए ।नेदरल्याण्ड्सकी सिफान हसन २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्याराथनमा स्वर्ण जित्न सफल भइन् ।