१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ: खेलकुदमन्त्री चौधरी

समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ: खेलकुदमन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताउनुभएको छ ।

ललितपुरमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताउनु भयो । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाउनु भयो । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विद्यालयमा खेलकुदहरु छैनन् । डिजिटल गर्दा बिस्तारै बिस्तारै खेलकुद हट्दै गएको छ । स्कुलमा खेलकुद गराउँदैन । किनभने पहिला पहिला खेलकुदको साधन हुन्थ्यो । खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन । भएको खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ । डिजिटल गर्नुस् तर त्यसको विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नुस् । जबसम्म शिक्षा र खेलकुद एउटै मन्त्रालयमा हुन सकेन भने काम हुँदैन । विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाई कमजोर हुन्छ । विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो । उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन । अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छाँै ।’

खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताउनु भयो । उहाँले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताउनु भयो । उहाँले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताउनु भयो । उहाँले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गर्नुभयो । उहाँले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताउनु भयो ।