१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग
अ अ+ अ-

राँझा । जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् ।

कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो ।

यो सडक निर्माणले कोहलपुरको १२ र १३ नं वडामा पर्ने दुर्गम भेगका ग्रामीणबस्ती सडक सञ्जालसँग जोडिनुका साथै बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर सुधार ल्याउन ठूलो सहयोगी हुने भएकाले प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तरप्रदेश पर्यटन मार्ग निर्माणको पहल गर्न चार वर्ष अगाडिदेखि कोहलपुर–१२ र १३ का नागरिकले संयुक्त पहलमा सङ्घर्ष समिति बनाएर निरन्तरको दबाबपछि निर्माण प्रक्रिया सुरु भएको कोहलपुर–१३ खड्कवारका स्थानीय एवं पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले बताउनुभयो ।

“चप्परगौडी–घुइँयाबारी सडक निर्माण सुरु हुँदा हामी सबै खुसी भएका थियौँ, अहिले कामले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो, “सल्यान र बाँकेका ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि यो सडक निर्माणमा राज्यले प्राथमिकता दिनुपर्दछ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले पनि यो सडक महत्वपूर्ण मानिने पूर्ववडाध्यक्ष ओलीले जानकारी दिनुभयो ।

सडक छेउ कोहलपुर–१३ मा खड्कवार सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा छ । चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग सञ्चालनमा आए पाहुनाको थप चहलपहल बढ्ने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताउनुभयो ।

स्थानीय नागरिकको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा ‘निकुञ्जको अतिआवश्यक कालोपत्र बाटो’ भनी उल्लेख गरिएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘दुई प्रदेशको रणनीतिक महत्वको बाटो’ भनी उल्लेख भएको छ ।

चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणमा गत दुई आर्थिक वर्षमा रु आठ करोडको बजेट विनियोजन भएर काम सुरु भइसकेको छ । यो वर्ष रु पाँच करोड विनियोजन भएको प्रतिनिधिसभाका सांसद सूर्य ढकालले जानकारी दिनुभयो ।

“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्यूठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक निर्माणमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने योजना छ”, सांसद ढकालले भन्नुभयो, “सडक सञ्चालन गर्नसके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायत जिल्लाहरुमा पुर्‍याउन सकिन्छ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्जलगायत क्षेत्र यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले यसको महत्व बढी रहेको स्थानीय बताउँछन् । यो मार्ग बनाउनका लागि लामो समयदेखि कुरा उठ्दै आए पनि अहिले मूर्तरुप लिनेगरी प्राथमिकता पाएको सांसद ढकालले जानकारी दिनुभयो । यसलाई सफल बनाउन आफूले सधैँ सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । रासस