२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगंटा किन लाग्छ ? यस्तो हुँदा के गर्नुपर्छ ?



अ+ अ-

वरिपरीका सामान घुमेजस्तो लाग्छ यसलाई रिगंटा लाग्ने भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउन पनि समस्या हुन्छ । यस्तो जब कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा बीपीपीवी हुन्छ ।

कानमा भएको तरल पदार्थले मस्तिष्कलाई पनि नियन्त्रण गर्छ । बीपीपीवी हुँदा कानको भित्रको क्याल्शियमका स–साना टुक्रा आफ्नो स्थानबाट हलचल गर्छन् । यस्तो अवस्थामा दिमागलाई गलत संकेत प्राप्त हुन्छ । सामान्यतयाः यस्तो अवस्था कुनै खास उमेरमा वा टाउकोमा कुनै चोट लाग्ने कारण हुन्छ । बीपीपीवी गम्भीर हुँदैन र विस्तारै आफै हराउँदै जान्छ । र यसलाई ठिक गर्नका लागि व्यायाम गर्नुपर्छ ।

कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा यस्तो हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो एन्टिबायोटिकको मद्दतले निको पार्न सकिन्छ ।

रिगंटा लागेको समयमा लामो समयसम्म कानमा दबाब महसुस हुन्छ । यसका साथै मानिसहरुलाई सुन्नमा समस्या हुने, थकाई लाग्ने गर्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ ।

रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण बेहोश हुने स्थितिको सिर्जना हुन्छ । यदि तपाईंलाई यस्तो हुन्छ भने तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुस् । कहिले काँही एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ । धेरैजसो मानिसहरु पानी कम पिउने गर्छन् । मधुमेहका रोगीले पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्छ ।

अत्यधिक टाउको दुख्ने, छात्ती दुख्ने, टाउकोमा चोट, उच्च ज्वरो, मुटुको धड्कन बढ्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, गला लाग्ने, हेर्न वा बोल्न समस्या हुने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।