२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङकी एन्जलले जितिन् ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि



अ+ अ-

काठमाडौँ । खोटाङकी २३ वर्षिया एन्जल राईले ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि जितेकी छन् ।

राईले उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । साथै, एन्जलले प्रभु बैंक, नेपाल आदिवासी जनजाति महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसर समेत पाएकी छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घको सहकार्यमा रिडी ग्रुपको प्रस्तुति रहेको प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फष्ट रनर अप र बाराकी शाहिशा राईले ‘मिस मंगोल मधेस’ सहित सेकेन्ड रनर अपको उपाधि चुम्न सफल भएका छन् ।

प्रतियोगितामा वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाह प्रमुख निर्णायक,संस्कृतिविद् डा. भक्त राई, हास्य कलाकार मनोज गजुरेल, पूर्व मिस मंगोल जाङमु इन शेर्पा, शिक्षासेवी एवं प्याजेन्ट कोज पूर्ण लामा र स्टाफ कलेज पुल्चोकका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी निर्णायक रहेका थिए ।