२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकको समापन समारोह आज, यसरी हुनेछ भव्य समापन



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक खेलकुद २०२४ को आज अन्तिम दिन हो । आइतबार राति १२ः४५ बजे समापन समारोह हुनेछ ।

५ वटा ग्रामी अवार्ड जितेका अमेरिकाकी गाब्रिएला सार्मिएन्टो विल्सनले समारोहमा प्रस्तुति दिनेछिन् । उनले ओस्कार र एमी अवार्ड पनि जितेकी छिन् ।

क्यालिफोर्नियाका गायकले २०२१ मा ‘आई कान्ट ब्रेथ’को लागि ‘सङ्ग अफ द इयर’ को लागि ग्रामी अवार्ड प्राप्त गरेकी थिइन् ।

विल्सनले ओलम्पिक झण्डा हस्तान्तरणको क्रममा स्टेड डे फ्रान्समा अमेरिकी राष्ट्रिय गान गाउनेछिन् । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकी सहर लस एन्जलसले आयोजना गर्नेछ ।

पेरिसको स्टेड डे हल्ले स्टेडियम समापन समारोहमा एक विशाल कन्सर्ट हलमा परिणत हुनेछ । थोमस जोलीले निर्देशन गर्ने उक्त कार्यक्रममा एक सयभन्दा बढी कलाकार, एक्रोब्याट, नृत्य र सर्कस कलाकारले प्रस्तुति दिनेछन् । उनले उद्घाटन समारोहको पनि निर्देशन दिएका थिए ।

समापन समारोहमा साउन्डट्र्याक, संगीत र विश्व प्रसिद्ध गायकहरूले प्रस्तुति दिनेछन् । रंगशालामा ठूला सेट, ड्रेसिङ र लाइटिङ इफेक्टसहित दर्शकलाई भूत र भविष्यको यात्रा देखाइनेछ । अमेरिकी र्‍यापर स्नूप डग, सेलिन डियोन, बिली इलिश र रेड चिली पेपर्स नामक रक ब्यान्डले पनि यहाँ प्रस्तुति दिनेछन् ।

सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाले आयोजना गर्ने भएकाले समापन समारोहको परम्पराअनुसार ओलम्पिकको झण्डा अमेरिकालाई हस्तान्तरण गरिनेछ । यस अवधिमा, राष्ट्रहरूको परेड हुनेछ, जसमा सबै देशका खेलाडीहरूले एक एक गरी ओलम्पिक झण्डालाई सलाम गर्नेछन् ।

पेरिस ओलम्पिक्समा ३९ स्वर्ण जितेको छ भने अमेरिकाले ३८ स्वर्ण जितेको छ । यस्तै, अष्ट्रेलिया र जापानले १८–१८ स्वर्ण जितेका छन् ।