३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ह्यारिस तीन प्रमुख राज्यमा ट्रम्पभन्दा अगाडि’



अ+ अ-

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने शनिबार सार्वजनिक पछिल्लो सर्वेक्षणले देखाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको देखिएको छ ।

न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा समान ५० देखि ४६ प्रतिशतको अन्तरले ट्रम्पलाई पछाडि पारेको देखाएको छ ।

अमेरिकी ‘इलेक्टोरल कलेज भोटिङ’ प्रणालीअन्तर्गत मध्यपश्चिमका यी तीन राज्यलाई कुनै पनि दलको जितका लागि महत्वपूर्ण मानिएको छ ।

यो सर्वेक्षण नतिजा ती राज्यहरूमा यस पहिलेका सर्वेक्षणबाट देखिएको नतिजा विपरित छ । अघिल्ला सर्भेक्षणहरूले लगभग एक वर्षसम्म ट्रम्पलाई डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनसँग समान वा थोरै अग्रता गरेको देखाएका थिए ।

बाइडेनले गत महिना (जुलाइमा) राष्ट्रपतिको दौडबाट बाहिरिँदै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्नुभएको थियो ।

नोभेम्बर ५ मा हुने निर्वाचनअघिको करिब तीन महिनामा धेरै कुरा परिवर्तन हुन सक्छ । सर्वेक्षणले मतदाताहरूले अझै पनि अर्थव्यवस्था र आप्रवासनका प्रमुख मुद्दाहरूमा ट्रम्पलाई प्राथमिकता दिएको देखाएको छ, यद्यपि ह्यारिसलाई गर्भपतनको मुद्दामा कसलाई विश्वास छ भनेर सोध्दा डेमोक्र्याटहरूले ह्यारिसको उम्मेदवारीलाई स्वागत गर्ने उत्साहको वृद्धिलाई हृदयदेखि नै लिएका छन् भने ८१ वर्षीय बाइडेनले राजीनामा दिएपछि धेरैले राहतको महशुस व्यक्त गरेका छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो चुनावी जोडीको रूपमा मङ्गलबार घोषणा गरेपछि पनि डेमोक्र्याटहरू बढी उत्साहित भएको देखिन्छ ।

गत जुलाई १३ मा ट्रम्पको हत्या प्रयास र गत महिना रिपब्लिकनको सफल राष्ट्रिय सम्मेलनपछि पनि ह्यारिस र वाल्जको पक्षमा समर्थन वृद्धिले ट्रम्पलाई झकझकाएको छ ।

तर पेन्सिलभेनियामा एक महिनामै दर्ता भएका मतदातामा १० अङ्कको वृद्धि भएको टाइम्स÷सिएनाको सर्वेक्षणले देखाएको छ ।

मतदाताले ह्यारिसलाई ट्रम्पभन्दा बढी बुद्धिमान र कुशल शासन गर्ने स्वभावको नेताका रूपमा हेरेको बताएका छन् ।

ट्रम्पका प्रतिद्वन्द्वी जेडी भान्स र अन्य रिपब्लिकनहरूले ह्यारिसलाई कमजोर पार्ने उद्देश्यले विभिन्न रणनीतिक आक्रमणको प्रयास गरेका बताइएको छ ।

तर नयाँ सर्वेक्षणलवाल्जसँग मिलेर यस हप्ता स्विंग राज्यहरूमा तीव्र गतिमा प्रचार गरिरहेको डेमोक्र्याटहरूले युवा र अधिक सशक्त ह्यारिसलाई दृढतापूर्वक समर्थन गरेको देखाउँछ ।

डेमोक्र्याटहरूमध्ये मे महिनायता मध्यपूर्वका तीन राज्यमा उम्मेदवारको छनोटमा मतदाताको सन्तुष्टि २७ अङ्कले बढेको सर्वेक्षणले देखाएको छ ।

तीन महिनाअघि रिपब्लिकनहरूले उच्च स्तरको सन्तुष्टि व्यक्त गरेका थिए ।

यो पछिल्लो सर्वेषण प्रत्येक राज्यमा कम्तीमा ६०० मतदाताको सहभागितामा अगस्ट ५ देखि ९ सम्म गरिएको थियो ।