१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको कथामा ‘सतीदेवी’



अ+ अ-

काठमाडौँ । छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताउनुभएको छ ।

अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको बताउनुभयो ।

“चलचित्रमा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको छ । म सहरिया परिवेशमा हुर्किए पनि उक्त पात्र र जीवनलाई सहजै महसुश गरेँ । चलचित्र कथा पढ्दा नै म पात्रसँग जोडिएकी थिएँ”, अभिनेत्री महतले भन्नुभयो ।

पत्रकार हुँदै चलचित्र निर्देशक बन्नुभएका लक्ष्मण सुवेदीले अभिनेत्री महतलाई मोबाइलमार्फत सन्देश (म्यासेज) पठाउँदै काम गर्न प्रस्ताव गर्नुभएको थियो । नयाँ नम्बरबाट आएको प्रस्तावमा अभिनेत्री महतले चलचित्रको कथा पढेर मात्र निर्णय दिने भन्नुभएको स्मरण गर्नुभयो ।

“मैले उहाँ (निर्देशक सुवेदी)लाई नजिकबाट चिनेकी थिइन, त्यसैले पहिला कथा पढेपछि भेटौँ भने । मेरो शैली नै यस्तै छ, कथा पढेपछि म अभिनय गर्न तयार भएकी हुँ । म काठमाडौँमै हुर्किए पनि यो कथा छोरी र बुबालाई सजिलै जोड्ने किसिमको छ । यो हरेक ठाउँको कथा हो”, अभिनेत्री महतले भन्नुभयो ।

निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही भिडिओ हेरेपछि अभिनेत्री महतलाई चलचित्रमा शीर्ष भूमिकामा लिने निर्णय गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मैले अभिनेत्री महतलाई विभिन्न भिडिओमा देखेँ, आफूले खोजिरहेको उमेर समूहसँगै पात्रलाई न्याय गर्न सक्ने ठम्याएँ । त्यसपछि मैले गरेको प्रस्तावमा उहाँ सकारात्मक भएपछि सहकार्य भयो ।”

उहाँले केही वर्ष अगाडि सन्तानको रूपमा छोरी हुँदा एउटा परिवारले समाजमार्फत प्राप्त गर्ने प्रतिक्रिया र त्यसपछि परिवारमा आएको उतारचढावलाई देख्नुभएको रहेछ । त्यहीँ देखाइलाई उहाँले चलचित्रको कथामा रुपान्तरण गर्नुभयो ।

“मेरो पनि छोरीमात्र छन् । तर समाजमा अझै पनि केहीको धारणा छोरा हुनुपर्छ भन्ने छ । यो चलचित्रले छोरीको सक्षमतासँगै समानताको विषयलाई उठाएको छ । सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको सङ्घर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु, यो छोरीहरूको कथा हो”, निर्देशक सुवेदीले भन्नुभयो ।

चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गर्नुभएको छ । चलचित्र भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ ।