५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो ।

पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुमा लेखेका लेख तथा रचनाहरुलाई छानेर समावेश गरिएको छ ।

पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्ष पुगिसक्नुभएको रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पुर्याएको भन्दै सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताउनु भयो ।

रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्वपूर्ण हुन्छ । बाँचेको जिन्दगी बेदाग बाँच्यो भन्ने कुरा चाहीँ भयंकर कुरा हुन्छ । बाँच्दै गर्दा उचाईमै पुग्यो रे । ठूलो जिम्मेवारीमा पुग्यो रे तर पर परबाट हेर्दा टल्किने दागहरु भन्दा लेखनको जिन्दगी, इमानको जिन्दगी बाँचिराखेर, बेदाग रुपमा मान्छेका सामुन्य हात हल्लाउन सक्ने जिन्दगी सबैभन्दा बहुमुल्य हुन्छ । त्यो बहुमुल्य जिन्दगी आदरणीय भैरव दाईले बाँच्नुभएको छ । म हृदयदेखि श्रद्धा गर्न चाहन्छु ।’

रिसालले अझैपनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरेका थिए ।