१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नदी सरसफाइमा राजविराजका युवा सक्रिय

नदी सरसफाइमा राजविराजका युवा सक्रिय
अ अ+ अ-

राजविराज । जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईंको हातमा, हामी युवा तपाईंको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।

देशमा परिर्वतन गर्न युवाको आवश्यकता पर्दछ भन्ने सन्देश दिने उद्देश्यले प्रत्येक शनिबार स्थानीय खोला, नदी सरसफाइमा यहाँ युवा सक्रिया हुँदै आएका सप्तरी युथ क्लबले जनाएको छ ।

क्लबको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा प्रत्येक शनिबार भलुवाही खोलासहित यहाँका अन्य नदी तथा खोला सरसफाइ अभियानमा युवा जुटेका क्लबका कार्यवाहक अध्यक्ष मोहन यादवले बताउनुभयो ।

खोलामा छरिएर रहेका फोहर, घाँस, नाला तथा खोलाभित्र वर्षौँदेखि मानिसले फालेका नकुहिने पानीका बोतल, सिसा, फलामलगायत फोहरजन्य वस्तु निकालेर सफा गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । युथ क्लब नेपालको आयोजनामा थालिएको सरसफाइ अभियानको आज ११ औँ हप्तामा पुगेको छ ।

कार्यवाहक अध्यक्ष यादवलेजिल्लाको समग्र विकाससँगै राजविराजको मुख्य बजार हँुदै बग्ने भलुवाही खोलालाई व्यवस्थित गर्न लागिएको जनाउनुभयो । “उक्त खोलालाई आफ्नो स्वरुपमा फर्काउन युवाको सहयोगमा आज पनि सरसफाइ गरिएको छ”, उहाँले भन्नुभयो ।

जलवायु परिर्वतनलाई मध्यनजर गरी राजविराज–८ स्थित खानेपानी डिभिजन कार्यालयबाट कनौली रोडको पब्लिक माध्यमिक विद्यालयसम्म सरसफाइ गरिएको छ । क्लबको स्रोत परिचालन गरेर खोला सरसफाइ थालिएको बताउँदै ४० जनाको समूहमा जेसिबी भाडामा लिएर सरसफाइ गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यवाहक अध्यक्ष यादवले भन्नभयो, “समुदायलाई सफा, स्वास्थ बनाउन, पर्यावरणीय सन्तुलन कायम राख्न जनप्रतिनिधि, राष्ट्रसेवाक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मीसहितको सहभागितामा सरसफाइ अभियानमा थालेका छौँ । यसलाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्ने हाम्रो माग छ ।” एक वर्षभित्र भलुवाही खोला सरसफाइ सकेर वृक्षरोपण गर्ने योजना रहेको बताउँदै उहाँले यसमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

भलुवाही खोलामा सबै तिरबाट आएको फोहरका कारण वातावरणलाई प्रतिकूल प्रभाव पार्नुका साथै लामखुट्टे, किरापट्याङ्गा लगायतको जोखिम बढेको क्लबका सचिव आयुष श्रेष्ठले बताउनुभयो । “सरसफाइ थालिएसँगै स्थानीयको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

खोलाको फोहरका कारण समान्य वर्षा हुँदा पनि बाढीले राजविराज नगर क्षेत्र जलमग्न हुने गरेको स्थानीयले बताएका छन् । क्लबले राजविराजस्थित सरकारी कार्यालय अगाडिका बाटोमा फूलका बिरुवा लगाउन थालेको छ । रुपनी बसपार्क, राज रङ्गशाला हुँदै राम मन्दिरसम्मको दुई किलोमिटर बाटोमा फूल लगाउन थालिएको क्लबका सचिव श्रेष्ठले जानकारी दिनुभयो । रासस