२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपछि उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)



अ+ अ-

काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको पूर्वानुमान छ ।

त्यसैले पनि सरकारले सावधानीका साथ रहन बारम्बार आग्रह गरिरहेको छ । नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो । जसकारण विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ ।

अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ । काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरुमा ठूलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरुमा बाढी नै पस्यो ।

जसले नदी किनार छेउका बस्तीहरु डुबानमा परे । अझै पनि सो बस्तीहरुमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन । बस्तीमा बाढी मात्रै पसेन, आसपासका क्षेत्र र बगरमा उपत्यकाका विभिन्न स्थानमा फालिएका फोहोरहरु बगाएर कतै थुपारिदिएको छ त नदीले कतै बगाएर लगेको छ । अहिले नदी किनारमा उपत्यकावासीले गरेको/फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको देख्न सकिन्छ । प्लाष्टिकजन्य फोहोरहरु यत्रतत्र देख्न पाइन्छ ।

जसले काठमाडौं उपत्यकावासीको चरित्रलाई पनि उदांगो बनाइदिएको छ वा भनौँ काठमाडौंवासीले नदीमा कति फोहोर फालेका छन्, कतिसम्म अनुशासित छन् भन्नेकुरा देखाइदिएको छ । किनपनि भने अनुशाषित मानिसले फोहोर जताततै फालेर हिँड्दैन, सफा गरेर आफू र समाजलाई बचाउन लाग्छ ।

यस्तो फोहोरका कारण रोगहरु निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढीपछि नदीले बगाएर थुपारिदिएको फोहोरका डंगुरसम्बन्धी केही तस्बिरहरु ।