४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपछि उपत्यकाका नदी किनारमा फोहोरको डंगुर (तस्बिरहरु)



अ+ अ-

काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको पूर्वानुमान छ ।

त्यसैले पनि सरकारले सावधानीका साथ रहन बारम्बार आग्रह गरिरहेको छ । नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो । जसकारण विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ ।

अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ । काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरुमा ठूलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरुमा बाढी नै पस्यो ।

जसले नदी किनार छेउका बस्तीहरु डुबानमा परे । अझै पनि सो बस्तीहरुमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन । बस्तीमा बाढी मात्रै पसेन, आसपासका क्षेत्र र बगरमा उपत्यकाका विभिन्न स्थानमा फालिएका फोहोरहरु बगाएर कतै थुपारिदिएको छ त नदीले कतै बगाएर लगेको छ । अहिले नदी किनारमा उपत्यकावासीले गरेको/फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको देख्न सकिन्छ । प्लाष्टिकजन्य फोहोरहरु यत्रतत्र देख्न पाइन्छ ।

जसले काठमाडौं उपत्यकावासीको चरित्रलाई पनि उदांगो बनाइदिएको छ वा भनौँ काठमाडौंवासीले नदीमा कति फोहोर फालेका छन्, कतिसम्म अनुशासित छन् भन्नेकुरा देखाइदिएको छ । किनपनि भने अनुशाषित मानिसले फोहोर जताततै फालेर हिँड्दैन, सफा गरेर आफू र समाजलाई बचाउन लाग्छ ।

यस्तो फोहोरका कारण रोगहरु निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढीपछि नदीले बगाएर थुपारिदिएको फोहोरका डंगुरसम्बन्धी केही तस्बिरहरु ।