१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

एएफससी च्यालेन्ज लिग प्लेअफमा पारोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने चर्च ब्वाइजको विश्वास

एएफससी च्यालेन्ज लिग प्लेअफमा पारोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने चर्च ब्वाइजको विश्वास
अ अ+ अ-

काठमाडौँ ।  चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ ।
चर्च ब्वाइजले आगामी साउन २९ गते घरेलु मैदान दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दैछ ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्लो दुई अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेको थिएन । अहिले अन्तर्राष्ट्रिय मान्यता फर्किएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै चर्च ब्वाइजका प्रशिक्षक महर्र्जनले आफ्नो टोलीले प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताउनु भयो ।

उहाँले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लवमा आवद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भइरहेको उल्लेख गर्नुभयो । आफ्नो टिमप्रति सन्तुष्ट रहेको र लामो समयदेखि सँगै खेलेका खेलाडी एउटै टोलीबाट खेल्दा राम्रो हुने उहाँको आशा छ । उहाँले छोटो तयारीका बाबजुद आफ्नो टोलीले तयारी राम्रो गरिरहेको पनि बताउनु भयो ।

च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लव अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । अघिल्लो सिजनमा नेपालको क्लव मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेकी थियो ।

यद्यपि, यस पटक एएफसीले प्रारम्भिक चरणमा जतिपनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ । उहाँले पारोले अधिकांश विदेशी खेलाडी राखेको उल्लेख गर्नुभयो । यद्यपि, आफ्नो क्लवमा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको महर्जनको आशा छ । घरेलु मैदान, लामो समयसम्म खेलिरहेका खेलाडीले पनि राम्रो नतिजा दिने र आगामी चरणमा प्रशिक्षक महर्जन बताउनु हुन्छ ।

राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङको कप्तानीमा चर्च ब्वाइजले खेल्दैछ । एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडीलाई चर्च ब्वाइजले अनुवन्धित गरिसकेको छ । चर्च ब्वाइजमा तीन विदेशी खेलाडी छन् । पारो एफसीले जापानबाट तीन विश्वकप खेलिसकेका केसुकी होण्डालाई अनुवन्धित गरेको छ । युरोपियन क्लव एसी मिलान लगायतबाट खेलिसकेका ३८ वर्षे होण्डाले स्न २०१८ देखि २०२३ सम्म कम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षण समालेका थिए । तर यस सिजन उनी दक्षिण एशियाको कमजोर राष्ट्र भूटानको क्लवमा खेलाडीका रूपमा अनुवन्धित भएका छन् ।

पारोले उनीबाहेक सर्बियाका गोलकिपर मिलोस सुपिच, जापानिज विंगर कोकी नारितासँगै सर्बियाका अन्य दुई खेलाडी, नेपालबाट उत्कृष्ट प्रदर्शन गरिसकेका विलियम ओपोकीसहित घानाका तीन खेलाडीलाई टोलीमा समावेश गरेको छ । त्यसैले पारो एफसी बलियो प्रतिद्वन्द्वी हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जन बताउनु हुन्छ । प्रशिक्षक महर्जनले नेपालबाट खेलिसकेका विदेशी खेलाडीलाई टोलीमा समावेश गरिएको बताउनु भयो । उहाँले करिव तीन चार महिनादेखि लिग खेलिरहेकाले यस पटकको पारो एफसी धेरै बलियो रहेको उल्लेख गर्नुभयो ।
अहिले भूटानको लिगमा पनि पारो एफसी शिर्ष स्थानमा रहँदा राम्रो प्रदर्शन गरिरहेको उहाँको भनाइ छ । यद्यपि, राम्रा विदेशी खेलाडी र राष्ट्रिय टोलीका सदस्यले भरिएको टोलीबाट राम्रो नतिजा ल्याउने क्लवको लक्ष्य छ ।

टोलीमा अनन्त तामाङ (कप्तान), एरिक विष्ट (उप कप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनिषकुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) छन् । पारोसँगको खेलका लागि जनरल प्यारापिटतर्पm दुई र भिआइपीतर्पm पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको क्लवले जानकारी दिएको छ ।