१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछः सभापति थापा

सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछः सभापति थापा
अ अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिनुभएको हो ।

उहाँले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताउनु भयो । उहाँले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताउनु भयो। उहाँले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताउनु भयो । उहाँले सरकारबाट केही जानकारी नआएको बताउनु भयो । उहाँले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताउनु भयो ।

उहाँले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताउनु भयो । उहाँले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताउनु भयो । उहाँले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौं । तर पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई पत्रचार गरेका छौं । सरकारबाट केही जानकारी आएको छैन । २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी छन् । जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन अनुरोध गरेको छ । कारागारमा रहेका व्यक्तिहरु दुईथरी छन् । गार्खा मिडियाको सञ्चालक समितिका पनि रहेका छन् ।

विभिन्न सहकारीका सञ्चालक समिति,अध्यक्ष लगायत धेरै व्यक्तिहरु रहेका छन् । करिब ३०० व्यक्ति छन् । सबैलाई सोधपुछ गर्न सम्भाव हुँदैन । प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने नामवली तयार गरेर आवश्यक समन्वयको लागि पठाएका छौं । समितिले कारागारमा गएर सोधपुछ गर्न प्राविधिक कुराहरु मिलाउनु पर्ने हुन्छ । त्यसैले लिखित वयान हो । कारागारमा रहेकाहरुलाई समितिको बैठकमा नै सोधपुछ गरिरहेका छौं । समितिमा ल्याउने प्रवन्ध मिलाइएको छ । सोधपुछको काम १ गतेसम्म सकिन्छ । प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ । सोधपुछको काम र वित्तीय विश्लेषणको कामसँगै भएको छ । सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । गोर्खा मिडिया प्रा.लीका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौं ।’

उहाँले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताउनु भयो । उहाँले गोर्खा मिडिया प्रा.लि.का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिनुभयो ।