८ भाद्र २०८३, सोमबार
,
Latest
बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परमाणु बम खसेपछि हिरोशिमाको तापक्रम कति थियो ?



अ+ अ-

एजेन्सी । ६ अगस्ट १९४५, यो मिति संसारले कहिल्यै बिर्सन सक्दैन । शक्ति भएमा मानिस कति निर्दयी हुनसक्छ भन्ने यो दिन संसारले देख्यो । वास्तवमा यही मितिमा अमेरिकाले जापानको हिरोशिमामा परमाणु बम प्रहार गरेको थियो ।

यो बम यति शक्तिशाली थियो कि यसबाट प्रहार भएकाहरुको हड्डीको खरानी पनि रहेन । सबै हराएजस्तो भयो ।

बीबीसीको रिपोर्ट अनुसार ६ अगस्ट १९४५ को बिहान सात बजेको थियो । अचानक, अमेरिकी विमानहरू जापानी रडारमा दक्षिणबाट आउँदै गरेको देखियो । यी विमानहरू शहरतर्फ आउँदै गरेको देखेर चेतावनी साइरन बज्न थाले । जापानभर सञ्चालित रेडियो कार्यक्रम बन्द गरियो ।

तर जापानको अवस्था यति नाजुक भइसकेको थियो कि त्यहाँका विमानहरूसँग उड्नका लागि पर्याप्त पेट्रोल पनि थिएन जसकारण यी अमेरिकी जहाजहरूलाई रोक्ने प्रयास गर्न सम्भव थिएन । केही समयमै यी विमानहरू हिरोसिमामाथि पुगे । त्यसपछि के भयो, यो सहरको दुर्दशाले अझै पनि त्यसको प्रमाण दिन्छ ।

हिरोसिमामाथि दुईवटा अमेरिकी विमान उडिरहेका थिए । तीमध्ये एउटा विमान बी–२९ ‘इनोला गे’ अमेरिकी वायुसेनाका कर्नेल पल टिबेट्स आफैंले उडाउँदै आएका थिए ।

८ः३० बजिसकेको थियो । बम्बार्डियर मेजर थोमस फेरेबीले हिरोशिमामा ‘इनोला गे’ बाट ‘लिटिल ब्वाई’ खसाले। ठीक ४३ सेकेन्डपछि यो बम हिरोशिमाको जमिनमा ठोक्कियो र ठूलो उल्का पिण्डले पृथ्वीमा ठोक्किएझैँ विस्फोट भयो ।

आणविक बमको लक्ष्य लिटिल ब्वाई हिरोशिमाको एओई ब्रिज थियो । तर हावाहुरीका कारण उक्त बम पुलबाट २५० मिटर टाढा रहेको शीमा सर्जिकल क्लिनिकमा खसेको थियो । यो बम विस्फोट हुँदा त्यहाँको तापक्रम अचानक १० लाख सेन्टिग्रेड पुगेको बताइएको छ ।

यो तापक्रम यति धेरै थियो कि यसको चपेटामा आएका मानिसको हड्डीको खरानी पनि रहन सकेन । एकै क्षणमा यो बमले ८० हजार मानिस मार्यो । त्यो दिन हिरोसिमाको ३० प्रतिशत जनसंख्या एकै झट्कामा नष्ट भएको थियो ।




भर्खरै