१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

आगामी साता बाइडेन र ह्यारिसले अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्दै

आगामी साता बाइडेन र ह्यारिसले अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्दै
Democratic presidential nominee Vice President Kamala Harris, with Democratic vice presidential nominee Minnesota Gov. Tim Walz, left, and UAW President Shawn Fain, speaks at a campaign rally at UAW Local 900, Thursday, August 8, 2024, in Wayne, Mich. (AP Photo/Julia Nikhinson)
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलोपटक उहाँ र उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको चुनावी अभियानको संयुक्त नेतृत्व गर्नुहुने भएको छ ।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट रिपब्लिकन नेता ट्रम्पविरूद्धको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयपछि बाइडेनको यो पहिलो चुनावी सम्बोधन हुनेछ ।

आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा आफ्नो विरासतलाई जोगाउन र नयाँ डेमोक्र्याटिक उम्मेदवारलाई जिताउने अभियानमा राष्ट्रपति बाइडेनले अगस्ट १५ मा वासिङ्टन नजिकै मेरिल्याण्ड राज्यमा आयोजना हुने कार्यक्रममा उपराष्ट्रपतिको साथमा उपस्थित भएर समर्थकलाई हौसला प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

ह्वाइट हाउसले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेता द्वयले अमेरिकी जनताका लागि लागत घटाउन गरिरहेको कार्यक्रमलाई अभियानका क्रममा समर्थकमाझ सार्वजनिक गर्नुहुनेछ ।”

अमेरिकाको मुद्रास्फीति कमजोर भएको अवस्थामा नोभेम्बरमा हुने चुनावमा आफ्नो एजेन्डालाई कसरी अघि प्रस्तुत गर्नुहुनेछ यो अमेरिकी मतदाताले हेरिरहेको गम्भीर बिषय हो ।

बाइडेनले आफ्नो उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता व्यक्त गरिएको ट्रम्पविरुद्धको कमजोर बहसपछि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

अमेरिकी इतिहासमा पहिलो महिला, अश्वेत र दक्षिण एसियाली मुलकी उपराष्ट्रपतिले भव्य जुलुशहरूको एकपछि अर्को शृङ्खला प्रदर्शन गर्न सफल हुनुभएको छ । अभियानमा बढ्दो सहभागिता, अत्यधिक चन्दा सङ्कलनसँगै ह्यारिसले रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकालाई एक पटक राजनीतिक नेतृत्व दिइसकेका पूर्वराष्ट्रपति ट्रम्पको चुनावी अग्रतामा चुनौती खडा गरिसक्नुभएको छ ।

डेलावेयरस्थित आफ्नो घरमा लामो विदा बिताइरहेका राष्ट्रपति बाइडेनले अगस्ट १९ देखि सिकागोमा सुरु हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनसम्म ह्यारिसको समर्थनमा कुनै ठूलो राजनीतिक उपस्थिति जनाउने अपेक्षा गरिएको थिएन । तर, अमेरिकी राजनीतिमा झण्डै पाँच दशक लामो करियरबाट बाहिरिने तयारीमा रहेका डेमोक्र्याट बाइडेन आफ्नो विरासतलाई अगाडि बढाउन इच्छुक रहेको सङ्केत अभियानमा सहभागी हुने पछिल्लो घोषणाबाट पनि देखिएको छ । यसको एउटा हिस्सा उनको प्रतिद्वन्द्वी र सन् २०२० को चुनावमा उनले पराजित गरेका व्यक्ति ट्रम्पविरुद्ध ह्यारिसको विजय सुनिश्चित गर्न हरसम्भव प्रयास गर्नु हो ।

गत हप्ता बाइडेनले अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य बन्दीहरूलाई स्वागत गर्दा बाइडेनको पक्षमा ह्यारिसको उपस्थिति निकै स्पष्ट देखिएको थियो ।

समाचार संस्था पोलिटिकोका अनुसार ह्यारिस अब पेन्सिलभेनिया र मिशिगनजस्ता निर्वाचनमा अति प्रतिस्पर्धा हुने राज्यहरूमा बाइडेनलाई मिलेको समर्थनलाई सुरक्षित गर्न चाहनुहुन्छ ।
ती क्षेत्रमा अहिले पनि विशेष गरी पाका श्वेत मतदाताहरूसँग बाइडेनको लोकप्रियता बढी रहेको छ ।

बाइडेनले आफूप्रतिको लोकप्रिय मत प्रभावित हुनबाट रोक्नुहुनेछ र नोभेम्बरले यस पहिलेको उहाँप्रतिको मोहलाई सर्लक्कै ह्यारिसमा सार्ने प्रयास गर्नुहुनेछ ।