१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन: महासचिव पोखरेल

नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन: महासचिव पोखरेल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बाउन आवश्यक नरहेको बताउनु भयो । उहाँले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताउनु भयो । उहाँले मानिसहरले खेती गर्न छोडेसँगै जनावहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको बताउनु भयो । उहाँले वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रकृति यस्तो छ, जहाँ बोटबिरुवा उम्रिहाल्छ, हरियाली क्षेत्र बढिहाल्छ । अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्नेखालको योजना जरुरी छैन । किनकी त्यो जनावरहरुले नै बढाइदिएको बढाइदिएकै छन् । मान्छेले खेती गर्न छोडेपछि त वन क्षेत्र त बढेको बढ्यै छ । किनकी जनावरले उत्पादन खाइदिएपछि किन खेती गरिरहने रु खेती गर्न छोडेपछि वन जंगल हुर्किहाल्छ । हाम्रो प्रकृति नै उर्वरा प्रकृति छ । त्यस अर्थमा वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनिरहनु पर्छ भन्ने लाग्दैन । तर विगतमा हामीले संरक्षण नै मुख्यकुरा भन्ने अवस्थामा थियो भने अब कति आवश्यक हो भन्नेकुराको विश्लेषण आवश्यक छ ।’

महासचिव पोखरेलले जनावर र मानवबीचको द्वन्द्वलाई सही रुपमा व्यवस्थापन गर्न नसके विष्फोटक रुप लिने जिकिर गर्नुभयो । उहाँले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताउनु भयो । अरुका लागि प्रकृति संरक्षण गर्ने नभइ आफ्ना लागि गर्नुपर्ने बताउनु भयो ।