१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

स्वास्थ्यकर्मीको वृत्ति विकासका लागि ऐन संशोधन थालियो

स्वास्थ्यकर्मीको वृत्ति विकासका लागि ऐन संशोधन थालियो
अ अ+ अ-

जनकपरधाम। लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आन्दोलनमा रहेका मधेस प्रदेशअन्र्तगत स्वास्थ्यकर्मी कर्मचारीको समस्या समाधानका लागि स्थानीय (सेवा गठन तथा सञ्चालन ) ऐन २०८१ माथिको संशोधन प्रक्रिया सुरु भएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो प्रदेश अन्र्तगतका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको सरुवा, बढुवा लगायतका स्तरवृद्धि सम्वन्धी समस्या समाधानका लागि मधेश प्रदेश सरकारको स्थानीय सेवा गठन तथा संचालन ऐन–२०८१ को संशोधन प्रक्रिया औपचारिकरुपमा सुरुगरेको जनाएको छ ।

मधेश प्रदेशको मन्त्रिपरिषद्कोे कार्यालयवाट जारी सूचनामा उक्त स्थानीय ऐन २०८१ संशोधनका लागि पाँच सदस्यीय समिति गठन भएको जनाएको छ । संशोधन समिति प्रदेशका कानुन सचिवको संयोजकत्वमा गठन भएको हो । समितिले आन्दोलनरत सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर सो ऐन संशोधन प्रक्रिया सुरु गर्ने जारी सूचनामा उल्लेख छ ।

सो संशोधनको कार्यबाट आन्दोलनमा रहेका मधेस प्रदेशअन्र्तगत चौथो तथा पाँचौँ तहका करिब एक हजार आठ सय स्वास्थ्यकर्मी कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने छ । आन्दोलनरत स्वास्थ्यकर्मी कर्मचारीले पटकपटक आफ्नो सरुवा, बढुवा तथा स्तरवृद्धिलगायत वृत्ति विकासका लागि माग गरेपछि मधेस प्रदेश सरकारको ध्यानाकर्षण भएको कार्यालयका उपसचिव वासुदेव मल्लले बताउनुभयो ।

मधेस प्रदेशका सिनियर अहेव तथा सिनियर अनमीहरुले आफ्नो वृत्ति विकासको माग गर्दै आएका आन्दोलनरत् स्वास्थ्यकर्मी सङ्र्घष समितिका कोषाध्यक्ष रुपेश साहले बताउनुभयो । रासस