२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान



बज्रयान महाविहारका चक्रेश्वर प्राडा नरेशमान बज्राचार्य काठमाडाैँमा आइतबार आयोजित बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्नुहुने दातालाई सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : रासस
अ+ अ-

काठमाडौँ। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्नुहुने दाता महानुभावहरूलाई आज यहाँ सम्मानपत्र प्रदान गर्नुभयो ।

विसं २०६८ तिर निर्माण प्रारम्भ गरिएको यस महाविहारको निर्माण स्वदेशभित्रबाटै स्रोत जुटाएर सम्पन्न गरिएको हो । यस महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चार करोडभन्दा बढी रकम आर्थिक सहयोग प्रदान गरेको थियो ।

सो अवसरमा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले नेपालीहरूकै अग्रसरतामा स्वदेशकै स्रोत साधन जुटाएर लुम्बिनीमा बज्रयान महाविहार निर्माण सम्पन्न भएबाट कुशल नेतृत्व भए लक्ष्य प्राप्तिसँगै जनविश्वास प्राप्त हुन्छ तथ्य स्थापित हुनपुगेको छ भन्नुभयो ।

महाविहार निर्माणमा सहयोग पु¥याए झैँ विकास निर्माणका गतिविधि तथा स्थिरताका लागि पनि हातेमालो गर्न नेपाली समाजका प्रबुद्ध वर्गसँग उहाँले आह्वान गर्नुभयो ।

महाविहारका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले आफ्नै स्रोतबाट सफलतापूर्वक महाविहारमा निर्माण गर्न वस्तुगत तथा नगद सहयोग गर्ने उदार हृदयका दाताहरूप्रति कृतज्ञता प्रकट गर्दै नेता गणले पनि राजनीतिक विचारधारालाई भन्दा समाज र राष्ट्र हितलाई प्राथमिकता राख्न आग्रह गर्नुभयो ।

समाजसेवी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली जनता सुसंस्कृत तथा मनकारी भएको र यसै कारण पनि विश्वमाझ चिनिएको हो भन्नुभयो ।

उक्त कार्यक्रममा महाविहारमा स्थापना गर्न बुद्ध तथा अन्य देवीदेवताका मूर्ति, चैत्य, कलात्मक झ्याल, तोरण, सुनौलो गजुर, बज्रधातु मण्डल, सिंहका प्रस्तर मूर्तिलगायत विभिन्न कलात्मक सामानहरु तथा नगद दान गर्ने दाता महानुभावहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।