७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान

बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान
बज्रयान महाविहारका चक्रेश्वर प्राडा नरेशमान बज्राचार्य काठमाडाैँमा आइतबार आयोजित बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्नुहुने दातालाई सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : रासस
अ+ अ-

काठमाडौँ। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्धजन्मभूमि लुम्बिनीमा नेपाली वास्तुकलाको अनुपम नमूना ‘लुम्बिनी बज्रयान महाविहार’ निर्माणका लागि अमूल्य कलाकृति तथा वस्तु दान प्रदान गर्नुहुने दाता महानुभावहरूलाई आज यहाँ सम्मानपत्र प्रदान गर्नुभयो ।

विसं २०६८ तिर निर्माण प्रारम्भ गरिएको यस महाविहारको निर्माण स्वदेशभित्रबाटै स्रोत जुटाएर सम्पन्न गरिएको हो । यस महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चार करोडभन्दा बढी रकम आर्थिक सहयोग प्रदान गरेको थियो ।

सो अवसरमा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले नेपालीहरूकै अग्रसरतामा स्वदेशकै स्रोत साधन जुटाएर लुम्बिनीमा बज्रयान महाविहार निर्माण सम्पन्न भएबाट कुशल नेतृत्व भए लक्ष्य प्राप्तिसँगै जनविश्वास प्राप्त हुन्छ तथ्य स्थापित हुनपुगेको छ भन्नुभयो ।

महाविहार निर्माणमा सहयोग पु¥याए झैँ विकास निर्माणका गतिविधि तथा स्थिरताका लागि पनि हातेमालो गर्न नेपाली समाजका प्रबुद्ध वर्गसँग उहाँले आह्वान गर्नुभयो ।

महाविहारका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले आफ्नै स्रोतबाट सफलतापूर्वक महाविहारमा निर्माण गर्न वस्तुगत तथा नगद सहयोग गर्ने उदार हृदयका दाताहरूप्रति कृतज्ञता प्रकट गर्दै नेता गणले पनि राजनीतिक विचारधारालाई भन्दा समाज र राष्ट्र हितलाई प्राथमिकता राख्न आग्रह गर्नुभयो ।

समाजसेवी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली जनता सुसंस्कृत तथा मनकारी भएको र यसै कारण पनि विश्वमाझ चिनिएको हो भन्नुभयो ।

उक्त कार्यक्रममा महाविहारमा स्थापना गर्न बुद्ध तथा अन्य देवीदेवताका मूर्ति, चैत्य, कलात्मक झ्याल, तोरण, सुनौलो गजुर, बज्रधातु मण्डल, सिंहका प्रस्तर मूर्तिलगायत विभिन्न कलात्मक सामानहरु तथा नगद दान गर्ने दाता महानुभावहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।