२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित



अ+ अ-

सिरहा। सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । सिरहा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।

सिरहा नगरपालिकाको तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको छ । केही योजनाको सम्झौता हुन बाँकी छ । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित छन् ।

सिरहा नगरपालिकामा कार्यरत कर्मचारीले गत चैतमा जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त पदमा सिघ्र पदस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । नगरप्रमुख डा नवीन यादवले पटकपटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित तथा मौखिक जानकारी गराए पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कार्यालयको कामकाज ठप्प भएको बताउनुभयो । मन्त्रालयले कर्मचारी पठाएर सेवा सञ्चालन गरी समन्वय गरिदिनुपर्ने वा अहिलेकै अधिकृतलाई नै पदस्थापन गरी काम गर्न अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।

आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको र अगामी आर्थिक वर्षको बजेटको तयारी गर्ने समय भइसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणको सबै काम ठप्प भएका नगरप्रमुख यादवले बताउनुभयो । रासस