२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

आँखा शिविरबाट चौध सय लाभान्वित

आँखा शिविरबाट चौध सय लाभान्वित
फाइल फोटो
अ अ+ अ-

सिरहा। सिरहाकोे धनगढीमाईमा सञ्चालन गरिएको आँखा शिविरबाट एक हजार ४२३ सर्वसाधारणले निःशुल्क उपचार पाएका छन् । धनगढीमाई नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित नौ दिनसम्म चलेको उक्त शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वेश्वरप्रसाद यादवका अनुसार प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले धनगढीमाई–१, २, ३, ५, ६, ७, ८, १२, १३ र १४ वडामा शिविर सञ्चालन गरेका थिए । आँखा चिकित्सकहरू डा बन्दना खनाल, डा दीक्षा विष्ट, डा विष्णुहरि मरहठ्ठासहित १८ जनाको टोली उपचारमा खटिएको थियो ।

शिविरमा आँखा जाँच गराएकामध्ये तीन सय ७२ जनामा मोतियाविन्दुको समस्या देखिएको तिलगङ्गा आँखा प्रतिष्ठानबाट शिविरमा खटिनुभएका नेत्र सहायक गजेन्द्रकुमार महतोले जानकारी दिनुभयो । धनगढीमाई नगरपालिकाको कार्यालयमा वडा नं ४ र १० सहित अन्य वडामा छुटेका आँखाका बिरामीको जाँच गरिने छ । यसअघि २०७९ फागुनमा पनि नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नगर क्षेत्रमा करिब एक साता आँखा जाँच शिविर सञ्चालन गरेको थियो । रासस