५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवा: संस्कृति जोगाउन ताया: मचा: नृत्य



अ+ अ-

गण्डकी । पोखरामा नेवा: संस्कृति जोगाउने उद्देश्यले ताया: मचा: नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवा:खलको आयोजना तथा लेखनाथ नेवा: खल:को आह्वानमा सातौँ लेखनाथस्तरीय ताया: मचा: नृत्य प्रतियोगिता हुने भएको हो ।

गगन नेवा:खल:ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य ताया: मचा:को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको खल:का सचिव शरणकुमार प्रधानले जानकारी दिनुुभयो ।

महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रधानले बताउनुुभयो । उहाँका अनुुसार नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

उत्कृष्ट परी, जोकर र भेषभूषालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोेगितामा आयोजक गगन नेवा:खल:सहित नौवटा समूहको सहभागिता रहने सतिव प्रधानले जानकारी दिनुुभयो ।

ताया: मचा: नृत्यको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी लेखनाथ नेवा: खलको आह्वानमा विगत केही वर्षदेखि शिशुुवा नेवा: खल:, मिलिजुली नेवा: खल:, समाज कल्याण नेवा: खल:, गणेश नेवा: खल:, अर्घौपौवा नेवा: खल:, भिमसेन नेवा: खल:को आयोजनामा छैटौँ संस्करणसम्मको ताया: मचा: नृत्य प्रतियोगिता सम्पन्न भइसकेको गगन नेवा: खल:का अध्यक्ष लीलबहादुुर श्रेष्ठले जानकारी दिनुुभयो ।

प्रतियोगितासँगै कुमारी नृत्य, लेखनाथस्तरीय ताया: मचा: नृत्य, धिमे बाजा, रोपाइँ(धान) जात्रा, लाखे नाच, नेवारी नाच आदि आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, विभिन्न खल:का प्रतिनिधिलगायत वक्ताले नृत्य प्रतियोगिताले मौलिक सांस्कृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । रासस