१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

युट्युबमा छाए तीज गीत

युट्युबमा छाए तीज गीत
अ अ+ अ-

गण्डकी । गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि।।’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ । यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म ३७ लाख बढीपटक हेरिएको छ । प्रेम सापकोटा ‘सोनु’को शब्द र सङ्गीत रहेको उक्त गीतको भिडियोमा कलाकार स्मारिका ढकाल र जोन बम ढकुरीले नृत्य तथा अभिनय गर्नुभएको छ । पराइ घरमा हेला र प्रताडाना सहन नसकी माइतीघर र आमा पुकारीरहेकी चेलीको वेदनामा आधारित उक्त गीतलाई दर्शक/स्रोताले अत्यधिक रुचाएका हुन् ।

यस्तो गीत

‘जसलाई सुनाएनि दु:खै बढ्ने रैछ
छोरी रुने ठाउँ त आमाकै काख हैछ
सबै आमा हौ मेरो जुन घाम हौ
छोरीको आँशु रोक्ने दबाइ आमा हौ।।।’

तीज पर्व आउन २७ दिन बाँकी छ । दैनिकजसो युट्यबुमा नयाँनयाँ तीजका भाका गुञ्जिन थालेका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । छोरीचेलीका दु:ख, वेदनादेखि प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी–प्रेमीकाबीचको मायावी सम्वाद पनि गीतमा सुन्न पाइन्छ । गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको ‘पिर कल्लाई छैन र।।।’ युट्युब ट्रेन्डिङको दास्रो नम्बरमा छ । गत शनिबार गायिका डल्लाकोटीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको भिडियोले यो समाचार तयार पार्दासम्म नौ लाख १७ हजारभन्दा बढी ‘भ्यूज’ पाएको छ ।

अघिपछि दिनचर्या जेजस्तो भएपनि तीजका दिन सैँसाथी भएर रमाउनुपर्छ भन्ने भाव र सन्देश गीतमा छ । प्रकाश पराजुलीको सङ्गीत र गायिका डल्लाकोटीको आफ्नै शब्द रहेको उक्त गीतले यसो भन्छ :

‘फुर्सदै थिएन हिजको दिन त
के मरी मेट्नु तीजको दिन त
हैन र ए सङ्गिनी हैन र
अरुको अघि रमाउनै पर्छ
रुम त भने पीर कल्लाई छैन र।।।’

गायिका एलिना चौहानको तीज गीतलाई पनि युट्युबमा रुचाइएको छ । दुई साताअघि सार्वजनिक उक्त गीतको भिडियोलाई अहिलेसम्म २० लाभन्दा बढीपटक हेरिएको छ । नेत्र अर्यालको शब्द र दीपक शर्माको सङ्गीत रहेको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको आठौँ स्थानमा छ । गत असारदेखि नै तीज गीत युट्युबमा छाउन थालेका हुन् । सङ्गीत बजार अहिले युट्युबमा केन्द्रित छ । अडियो क्यासेट इतिहास भइसक्यो । तीजलगायत पर्व गीतकामार्फत पनि कलाकारले व्यावसायिक लाभ उठाउँछन् । युट्यबमा धेरै ‘भ्यूज’ बटुल्ने ध्येयले अचेल तीज गीत छिट्टै सार्वजनिक गर्ने गरिएको छ ।

गत असार १३ गते ‘भावना म्यूजिक सोलुसन’ युट्युब च्यनलबाट सार्वजनिक तीज गीत ‘बरिलै’लाई हालसम्म ४० लाख बढीपटक हेरिएको छ । बिमल अधिकारीको लेखन तथा सङ्गीत रहेको उक्त गीतमा समीक्षा अधिकारी र मोहन खड्काले स्वर दिनुभएको छ । गीतको भिडियोमा बिमल अधिकारी र आश्मा विश्वकर्माको नृत्य तथा अभिनय रहेको छ ।

‘हेर्छौँ लुकीलुकी’, ‘आफ्नै पारामा’, ‘रहरैमा’, ‘सहरिया छोराबुहारी’, ‘सैनाले दिएको एैना’, ‘बालेनको सहर’, ‘माछी’लगायत तीज गीत युट्युबमा छाएका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सँधै चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत सार्वजनिक गर्ने लहरै चल्छ । क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्यूज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक/कलाकारलाई युट्युबाट पैसा आउँछ ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दु:ख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । तीज गीतका नाममा सो गीतको मौलिकता माथि खलल पुग्ने गरी गाइएका कतिपय गीत विवादमासमेद पर्दै आएका छन् । केही साताअघि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गरेको थियो । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले माफी नै माग्नुपरेको थियो ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएका थियो । यस वर्षपनि दर्जनबढी त्यस प्रकृतिका गीत विवादित बनेका छन् । तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीतप्रेमी चिन्तित छन् । पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई पनि विकृत पारेको बताउनुभयो । “नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उहाँले भन्नुभयो, “सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरु लागिपरेका छन् । रासस