१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पेरिस ओलम्पिक: अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा

पेरिस ओलम्पिक: अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा
Gold medalist Sydney McLaughlin-Levrone, of the United States crosses the finish line ahead of silver medalist Anna Cockrell, of the United States, center, and bronze medalist Femke Bol, of the Netherlands, right, in the women's 400 meters hurdles final at the 2024 Summer Olympics, Thursday, Aug. 8, 2024, in Saint-Denis, France. (AP Photo/Ashley Landis)
अ अ+ अ-

एजेन्सी । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमश: शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।