१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुकुचा खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउँछ – बालेन



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला खोल्ने काम चाँडै थाल्ने भएको छ ।

काठमाडौँका मेयर बालेन शाहले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाएपछि खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने जनाएका हुन् ।

टुकुचा छोपेर बनाइएको दरबारमार्ग–काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेर सडक भासिएको छ ।

यसै, सन्दर्भलाई लिएर मेयर शाहले अदालतको आदेशपछि महानगरले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको जनाउँदै सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

साथै, भासिएको सडक टुकुचामाथिको बाटो रहेको भन्दै अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेको बालेन बताउँछन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेको तर, अदालती कारणले केहि रोकिन परेको मेयर शाहको भनाई छ ।