काठमाडौँ । आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ ।
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।
तस्बिरः न्यूजपोलार/रासस




नागका चित्र किन्दै सर्वसाधारण
दाङको घोराही उपमहानगरपालिका–१५, बैंकरोडस्थित पसलमा शुक्रबार बिहान नागका चित्र किन्दै सर्वसाधारण । नागपञ्चमीको दिन घरको दौलोमा नागको फोटो टासेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ । तस्बिरः कुलदीप न्यौपाने /रासस

दाङको घोराही उपमहानगरपालिका– १८ स्थित अम्बिकेश्वरी मन्दिरको मूल प्रवेश द्वारमा शुक्रबार बिहान नाग अङ्कित चित्र टास्दै मन्दिरका पूजारी । नागपञ्चमीका दिन घरको दैलोमा नागकोे फोटो टाँसेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ । तस्बिर : कुलदीप न्यौपाने/रासस











