१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौँ महानगरपालिकाको येँया ११४४ मुल समारोह समिति गठन : संगत संयोजक

काठमाडौँ महानगरपालिकाको येँया ११४४ मुल समारोह समिति गठन : संगत संयोजक
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँया: ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिइएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले जात्रा सञ्चालन व्यवस्थापनका विषयमा छलफल गर्दै समिति गठन गर्ने निर्णय गरेको हो । जसअनुसार सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । मूल समारोह समितिका सदस्यहरुमा सम्पदा तथा पर्यटन समितिका सदस्यहरु हुनुहुन्छ । सदस्य सचिव विभागका प्रमुख कुमारी राई हुनुहुन्छ ।

समिति गठनपछिको प्रतिक्रियामा समितिका संयोजक आशामान संगतले, स्थानीयले बर्षौँदेखि सञ्चालन गर्दै आएको जात्रालाई साथ र सहयोग उपलब्ध गराउने समितिको मुख्य दायित्व हुने प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार यसपटक कुमारी रथयात्राका दिन उपत्यका पालिकाहरुका प्रमुख उपप्रमुख, विभिन्न खेलबाट ख्याती कमाएका खेलाडी, कला क्षेत्रबाट कलाकारसहितका व्यक्तित्वहरुलाई नेवा भ्व: (नेवारी भोज) का लागि आमन्त्रण गरिनेछ ।

जात्रा सञ्चालनसँग सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय र मौलिक परम्पराको निरन्तरतामा ध्यान दिइने संगतको भनाइ छ । जात्रासँग सम्बन्धित सांस्कृतिक क्रियाकलाप र सामाजिक सहभागिता, पूजाआजा, रथयात्रा, राष्ट्रपतिको सवारी योजना, सुरक्षा योजना, जात्रा पूर्व, जात्राको अवधि र जात्रा पछिका कार्यक्रमसँग महानगरपालिका, हनुमानढोका संग्रहालय विकास समिति, गुठी संस्थान, नेपाली सेना, नेपाल प्रहरी, इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसहित स्थानीय गुथिगहनाको भूमिका रहन्छ ।

यसको समन्वय र व्यवस्थापन गर्न अतिथि सत्कार, सुरक्षा व्यवस्थापन, मिडिया तथा प्रचारप्रसार र सांस्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार जात्रा सञ्चालन गर्न स्थानीय ३१ वटा संघसंस्थाको सक्रिय भूमिका छ । यसबाहेक अप्रत्यक्ष सहयोग गर्ने समुदाय धेरै छन् ।

इन्द्रध्वज लिन वन प्रस्थानबाट जात्राका औपचारिक कार्यक्रम सुरु हुन्छन् । त्यसै दिन य:सिं (लिङ्गो) का रुपमा छानिएको रुख (वृक्षकर्तन) काटिन्छ । य:सिं ३३ फुट अग्लो हुन्छ । यसपछि लिङ्गो तानेर सहरमा ल्याइन्छ । भोटाहिटीबाट असन, इन्द्रचोकहुँदै कालभैरवको मूर्ति भएको परिसरमा पुर्‍याइनेछ । य:सिं (लिङ्गो) यही ठाउँमा उत्थान गरिन्छ । य:सिं गाडिएपछि जात्राका कार्यक्रम औपचारिक रुपमा सुरु भएको मानिन्छ । यसै दिनको साँझमा वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा छ ।

कुमारी रथ यात्रा सुरु भएको दिन तल्लो टोलमा र त्यसको भोलिपल्ट माथिल्लो टोलमा कुमारी रथयात्रा हुन्छ । नानिचा यात्राका दिन महिलाहरुले रथ तान्ने गरिएको छ । इन्द्रध्वज लडाएपछि यस वर्षका लागि जात्रा समाप्त हुनेछ । यी क्रियाकलाप साइतमा गरिन्छ । अहिले साइत प्राप्त भइसकेको छैन ।

इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् ।

जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ ।

श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ ।