५ असार २०८३, शुक्रबार
,
Latest
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी दलहरुको बैठक सुरु 



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ।

सरकारले अध्यादेशमार्फत् शासन चलाउन खोजेको र संसद् अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै विपक्षी दलहरु मोर्चाबन्दीमा लागेका हुन् ।

बैठकमा रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका नेता सहभागी भएका छन् ।

सरकारले संसद् बैठक आह्वान नगरेको र अध्यादेशबाट मात्र शासन चलाउन खोजेको भन्दै विपक्षी दलहरुले संयुक्त रुपमा विरोध जनाउन लागेका हुन् । उनीहरुले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गर्ने जनाईएको छ ।

विपक्षी दलहरुले सरकारको छ महिने उपलब्धिको समेत समीक्षा गर्ने छन् ।