१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको विपक्षी दलको ठहर

रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको विपक्षी दलको ठहर
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमको शैली अपनाएको विपक्षी दलको बैठकले ठहर गरेको छ ।

बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सो ठहर गरेको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।

सहकारीको विषयमा सत्तारुढ दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर गरिएको उनले बताए । उनले भने, ‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि यस किसिमको दमन व्यवहार राज्यको प्रतिशोध हो भन्ने बैठकको निष्कर्ष रह्यो’।