१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्या आएका छन्: अध्यक्ष बराल

बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्या आएका छन्: अध्यक्ष बराल
अ अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्याहरु रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष बरालले यस्तो जानकारी दिनुभएको हो । उहाँले शेयर बजारलाई नियमन र सुपरीवेक्षणको लागि बोर्डको क्षमता कमजोर तथा संस्थाभित्र धेरै गुटबन्दी रहेकाले समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले कर्मचारी अभाव र संस्थाभित्रको गुटबन्दीका समस्याहरुका बाबजुत पनि नियमन गर्ने दायित्वबाट बोर्ड पछाडि नहटेको उल्लेख गर्नुभयो । उहाँले कर्मचारीको क्षमता बढाउन, प्राविधिक क्षमता बढाउनेमा बोर्डले चासो नदिएको बताउनु भयो ।

उहाँले बोर्ड बजारलाई व्यवस्थि र पारदर्शी कारोबार बनाउनको लागि नियमित रुपमा काम गरिरहेको बताउनु भयो । उहाँले धितोपत्र बोर्डले ध्यान नदिँदा कम्पनी ऐनले पब्लिक कम्पनी हुन ३ वर्ष र सेबोनको नियमावलीमा २ वर्ष उल्लेख भएको बताउनु भयो । उहाँले लेखा समितिले दिएको पत्रका कारण जलविद्युत कम्पनीको आईपीओ रोकिएको बताउनु भयो । उहाँले लाभांश दिन नसक्ने कम्पनीको मूल्य किन बढिरहेको छ भन्नेमा आफू पनि अन्योलमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नयाँ सरकार आउने वितिकै पुँजी बजार किन बढ्यो भन्नुकुरा आएका छन् । यसमा अर्थमन्त्रीलाई स्वागत गरेको हुनसक्छ । दुई तिहाईको सरकार बनेको सरकार प्रतिको विश्वास हुनसक्छ । मौद्रिक नीतिले प्रभाव परेको हुनाले लगायत अन्य धेरै कारणले बढेको हुनसक्छ । यही हो भनर अध्ययन गरेका छैनौं । बजारको अन्तराल हेर्दा केही वर्ष बढ्ने र घट्नेकाम भइरहेको छ । बजारलाई व्यवस्थित र पारदर्शी कारोबार बनाउने विषयमा सचेत छौँ । धितोपत्र बोर्ड चुप बसेको छैन । हामीले क्षमता अनुसारको काम गरिरहेका छौ । संस्थाभित्र पनि गुटबन्दी जस्तो देखिन्छ । यस्ता खालका समस्याहरु पनि छन् । यस्ता समस्याका बाबजुत पनि नियमन गर्ने दायित्व हो । त्यो संस्थाले निभाईरहेको छ । नियमित रुपमा बैठकहरु गरिरहेका छौ । सार्वजनिक लेखा समितिले साधरण शेयर निष्काशन गर्ने कम्पनीले रियल नेटवर्क ९० प्रतिशत भन्दा बढी भएका कम्पनीहरुलाई मात्रै दिनु भनेर निर्देशन दिएको कारणले रोकिएको हो ।’

उहाँले बजार बढ्नुको कारण यही हो भनेर भन्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले बजार केही समयको अन्तरमा बढ्ने र घट्ने गरेको भन्दै नयाँ, बलियो सरकार भएर वा राम्रो मौद्रिक नीति भएर बजार बढेको हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले बोर्डले केही प्राविधिक बिषय बुझ्न परेमा नेप्सेको सहयोग लिनुपर्ने अवस्था रहेको बताउनु भयो । अध्यक्ष बरालले हल्लाको पछि दौडिँदा लगानीकर्ताहरू डुब्ने गरेको बताउनु भयो । उहाँले कम्पनीको वित्तीय कारोबार र प्रतिफलमा हुने भएपनि पछिल्लो समय हल्लाले बजार मूल्य निर्धारण भइरहेको बताउनु भयो । रासस