१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नोबेल पुरस्कार विजेता युनूस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता

नोबेल पुरस्कार विजेता युनूस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता
अ अ+ अ-

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किनु भएको छ ।

आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उहाँ स्वदेश फर्किनु भएको हो ।

उहाँले बङ्गलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’ दिलाएको बताउनुभएको छ ।

कामचलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो “आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन हो ।”

उहाँले अगाडि भन्नुभयो, “बङ्गलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ । देशले दोस्रो पटक स्वतन्त्रता पाएको छ ।”

हप्तौंदेखि चलेको हिंसामा कम्तीमा ४५५ जनाको ज्यान जाने गरी भएको हिंसापछि सुव्यवस्था बहालीका लागि आह्वान गर्दै उहाँले आक्रमणमा परेका अल्पसङ्ख्यकसहित एक अर्काको रक्षा गर्न नागरिकहरूलाई आह्वान गर्नुभएको छ ।

“कानून र व्यवस्था हाम्रो पहिलो काम हो । जबसम्म हामी कानून र व्यवस्थाको स्थिति ठीक गर्दैनौं, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौं”, उहाँले भन्नुभयो, “मेरो सबैजनासँग आह्वान छस यदि तपाइहरूलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।”

चौरासी वर्षीय युनुसले बिहीबार साँझसम्म देशको नयाँ नेताका रूपमा सपथ लिनुहुने सम्भावना छ ।

सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजिनामा दिन बाध्य हुनुपरेको थियो ।

यसअघि, युनसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफु घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गर्नुभएको थियो ।

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उहाँ निर्बासनमा बस्दै आउनुभएको थियो ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले युनसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गर्नुभयो । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडी बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गर्नुभयो ।

ढाका बिमानस्थलमा पत्रकारहरुसंग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गर्नुभएको छ । उहाँले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताउनुभएको छ ।