२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको कथामा बन्यो चलचित्र ‘नम्बरी सुन’



अ+ अ-

काठमाडौँ ।सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदैछौँ । यसले मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पुर्‍याउनेछ ।”

सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ ।

अभिनेता पहारीले आर्थिक रुपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । “मैले निम्न वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । यसमा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । यसले प्रेमसँगै चलचित्रमा एउटा पुस्ताको कालिगढ़ीलाई जोडेको छ”, उहाँले भन्नुभयो । आफूले अभिनय गरिरहेको भन्दा फरक पात्र भएकाले अभिनय गर्न तयार भएको उहाँको भनाइ छ ।

चलचित्रमा यसमा अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गर्नुभएको छ । “चलचित्रमा मुखियाकी छोरी भएर पनि साधारण शैली रहेकी युवतीको भूमिकामा छु । मेरो पात्रले क्रान्तिको चित्रण समेत गरेको छ”, अभिनेत्री सापकोटाले भन्नुभयो । चलचित्र यही साउन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।