२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका वर्ष ५१ का लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार काठमाडौंमा लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी निजले बोकेको ह्याण्ड क्यारी सुटकेसभित्र लुकाई छिपाई राखेको शंकास्पद वस्तु चेक जाँच गरी परीक्षण गर्दा लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित फेलापारी पक्राउ गरीएको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताउनु भयो ।

साथै निजलाई लागुऔषध (नियन्त्रण)ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।

बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रहेको पनि बताउनु भयो ।