१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

ह्यारिसको निर्वाचन अभियानले ट्रम्पको ‘भीड अभियान’ लाई माथ गर्दै

ह्यारिसको निर्वाचन अभियानले ट्रम्पको ‘भीड अभियान’ लाई माथ गर्दै
अ अ+ अ-

एजेन्सी । फिलाडेल्फियामा अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसका कुरा सुन्न करिब १४ हजार मतदाता चुनावी सभामा सहभागी भएको एक दिनपछि बुधबार विस्कन्सिनको इउ क्लेयरमा भएको प्रदर्शनमा हजारौँ समर्थकको भीड जम्मा भएको छ । करिब एक किलोमिटरभन्दा बढी लामो भीड भेला गरी ह्यारिसले रिपब्लिकन पार्टीका नेता ट्रम्पलाई चुनौती दिन सफल हुनुभएको छ ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रमहरूमा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो । ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ट्रम्पको प्रतिद्वन्द्वी हुनुहुन्छ ।

कार निर्माण कम्पनी स्टेलान्टिसमा काम गर्ने ४६ वर्षीया किना जोनसनले बुधबार मिशिगनको डेट्रोइटस्थित एक एयरफिल्डमा एएफपीसँग भन्नुभयो, “सबै जना साँच्चिकै चुनाबी प्रचारप्रसारका लागि भेला भएका हुन् ।”

जोनसनले डेमोक्र्याटहरूको चुनावी र्‍यालीबारे भन्नुभयो, “मलाई लाग्छ उनीहरू अझ धेरै सकारात्मक हुनेछन् । अहिले एक महिलाका लागि यो राम्रो कुरा हो, यसले महिलाप्रतिको विश्वासका लागि इतिहास रचिरहेको छ ।”

मिनेसोटाका गभर्नर वाल्ज, मिशिगनमा समर्थकहरूको मानवसागर देखेर दङ्ग देखिनुहुन्थ्यो । अभियानका अधिकारीहरूले यसलाई १५ हजार सहभागी भएको जुलुस बताए भने वाल्जले यसलाई ‘अभियानको सबैभन्दा ठूलो र्‍याली’ भएको दावी गर्नुभयो ।

बाराक ओबामाको शासनकालमा डेमोक्र्याटिक पार्टीको राजनीतिक कार्यक्रममा भाग लिने थुप्रै अमेरिकीहरूको सहभागिता सामान्य हुन्थ्यो तर पछिका डेमोक्र्याटिक उम्मेदवारका लागि यो विरलैको घटना थियो । एक चमत्कारिक अश्वेत युवा उम्मेदवार ओबामाले राष्ट्रपति बन्नका लागि अवरोधहरू तोड्नुभएको थियो ।

ओबामा र ट्रम्पपछिका दर्जनौँ वर्षहरूमा यो दुर्लभ भएको छ । सङ्ख्याको खेलको बारेमा तीव्र रूपमा सचेत र ठूलो भीडलाई व्यापक समर्थनसँग जोडिन्छ ।

राष्ट्रपति चुनाव हुनुभन्दा तीन महिना कम समय रहँदा ह्यारिस र वाल्जले डेमोक्र्याटिक पार्टीको आधारमार्फत उत्साहको झट्का पठाउँदा ट्रम्पको चुनाबी सभामा हुने भीड र त्यसको समर्थकमा पर्ने लाभलाई ओझेलमा पारेको छ ।

यसले राष्ट्रपति जो बाइडेनले यो चुनावी चक्रमा कोरेको सानो चार्टमा शान्त भीडको तुलनामा उपस्थित सङ्ख्यालाई विशाल देखाइएको छ ।

बाइडेन र सन् २०१६ का उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पको विशाल र उत्तेजक ‘रोड शो’सँग कहिल्यै प्रतिस्पर्धा गर्न सक्नुभएको थिएन । ट्रम्पले यसपहिले अत्यधिक भीड, अराजक शब्द र उत्तेजक समर्थकहरूलाई अग्रपङ्क्तिमा उभ्याएर धेरै स्थानमा विजय सुनिश्चित गर्न रातारात अभियान गरिरहनुभएको थियो । तर बाइडेन यस वर्षको दौडबाट बाहिरिएपछि ट्रम्पकी नयाँ प्रतिद्वन्द्वीले प्रदर्शनको खेलमा रिपब्लिकन नेतालाई चुनौती दिन आफू सक्षम रहेको देखाउनुभएको छ ।

ह्यारिसले गत हप्ता जर्जियाको एटलान्टामा १० हजारको दर्शक क्षमताको रङ्गशालामा भरिभराउ दर्शकलाई सम्बोधन गर्नुभएको थियो । उहाँले भीडलाई उत्तेजित गर्न दुई हिप–हप स्टारहरूको घोषणा गर्नुभएको छ ।

त्यसको चार दिनपछि पूर्वराष्ट्रपति ट्रम्पले सोही स्थानमा समान आकारको भीडसहित र्‍याली निकालेको र तुरुन्तै व्यङ्ग्यात्मकरूपमा टिप्पणी गर्दै ‘क्रेजी कमला’ र उहाँको ‘धेरै खाली सिट’ बारे उल्लेख गर्नुभएको थियो ।

ट्रम्पले भीडलाई सम्बोधन गर्दै भन्नुभयो, “मलाई मनोरन्जनकर्ताको आवश्यकता छैन । म स्टेडियम भर्छु किनभने म अमेरिकालाई फेरि महान बनाउँदैछु । यो हाम्रो मनोरञ्जन हो ।”

युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनका राजनीतिका प्राध्यापक ब्यारी बर्डनले एएफपीसँग भन्नुभयो, “ट्रम्पका समर्थकका लागि यो चिन्ताको विषय बनेको छ भने ह्यारिसका लागि गर्वको । ह्यारिसका जुलुशहरूलेसन् २०२० मा बाइडेन र सन् २०१६ मा क्लिन्टनको तुलनामा धेरै ठूलो भीडलाई आकर्षित गरेको छ ।

यस्तो स्पष्ट समर्थनले ट्रम्प मतदाताहरूलाई सन् २०२० को निर्वाचन परिणामको वैधताको बारेमा शङ्कालाई बढावा दिएको छ ।

“ह्यारिसले ट्रम्पका पूर्ववर्ती प्रतिद्वन्द्वीकोभन्दा बढी भीडसँग कुरा गरिरहेकी छिन्, ट्रम्पलाई ‘लाभको उम्मेदवार’ मान्नुको यो तर्क हराउँदै जान्छ,” बर्डनले भन्नुभयो ।

ट्रम्पले आफ्नो राजनीतिक जीवनको सुरुवातदेखि नै यस्ता फाइदा उठाउँदै आउनुभएको छ । सन् २०१५ मा उहाँको अभियानमा सहभागी हुन अलाबामाको एक फुटबल रङ्गशालामा ३० हजार मानिस भेला भएका थिए ।

राष्ट्रपतिको रूपमा उहाँ ‘एयर फोर्स वन’लाई अभियानको अन्तिम सहाराको रूपमा प्रयोग गर्नुभएको थियो । उहाँको र्‍यालीमा गर्जन र उत्तेजित समर्थकहरूले सेल–फोनले तस्वीरहरू खिचिरहँदा उहाँ ‘सिनेमाको हिरोजस्तो’ विमानबाट बाहिर निस्किनुभएको थियो ।

तर बुधबार ह्यारिसले ट्रम्पको चुनावी अभियानको नक्कल गर्दै उपराष्ट्रपतिको जेट एयर फोर्स टुमा डेट्रोइटको र्‍यालीमा पुग्नुभएको थियो ।

ट्रम्पले देशभक्तिपूर्ण प्रतिकात्मक बजारलाई समात्न खोज्दै अझैपनि अभियानको ‘अर्जुनदृष्टि’ उहाँको अमेरिका पहिलो भन्ने नारामा सीमित छ ।

तथापि, ह्यारिसको कर्कश फिलाडेल्फिया र्‍यालीमा पनि यस्तै आवाज सुनिएको थियो, जुन बाइडेनका कार्यक्रमहरूमा विरलै भएको थियो ।