२४ भाद्र २०८३, बुधबार
,
Latest
राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा संरक्षणमा सम्झौता हुँदैन: प्रमुख महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बिहीवार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गर्नुभयो । उहाँले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताउनु भयो ।

उहाँले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताउनु भयो । उहाँले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गर्नुभयो । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये एउटा सम्पदा क्षेत्र हो । सम्पदा क्षेत्रमा हामी कुनैपनि किसिमको सम्झौता गर्दैनौँ । कुनै कमजोरी गर्दैनौँ । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गर्नुपर्छ, व्यवस्थापन र सुधार गर्नुपर्छ भन्ने लक्ष्य राखेर अघि बढेका छौँ । यो वर्ष सम्पदाको क्षेत्रमा एउटा कायापलट हुने काम गर्‍यौँ । उदाहरणका लागि रातोमत्स्येन्द्रनाथको जात्रा । यो वर्ष सम्पन्न भयो । यसको प्रचार पुगेन भनिन्छ । यसको प्रचार नपुग्नुको कारण तिथिमितिअनुसार हुन्छ । तिथिमिति अनुसार निम्ता गर्दा गाह्रो हुन्छ, कुनै विदेशी अतिथिलाई बोलाउँदा । यसमा हामीले अन्तर्राष्ट्रिय पाहुना बोलाउन अफ्ठ्यारो छ ।’

मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताउनु भयो ।