४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई उड्डयनको क्षेत्रमा समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्छ: मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाईनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो ।

बुधवार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो । त्यसलगत्तै बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो दुर्घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । घटना विशेषको छानविनका लागि सो समिति गठन गरेपनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री परिषद बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको पनि मन्त्री पाण्डेले समितिलाई जानकारी गराउनु भयो । उहाँले गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिनुभएको पनि बताउनु भयो । मन्त्री पाण्डेले अब बस्ने मन्त्रीपरिषद् बैठकले सो आयोग बनाउने दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘घटनालगत्तै छानविन समिति बन्यो । मन्त्री परिषदमा पनि निकै लामो छलफल भयो । र, हामीले सधैै यस्तो आयोग बनाईरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाई गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने । यो कारणले चाहीँ हामी झन जटिलतामा फस्दै गयौं । त्यसकारण आज यो आयोग बनेको यही घटना विशेषमा आधारित भएर नै छानविन र निचोड, निष्कर्षमा पुग्नेगरी एउटा अध्ययन गर्नेगरी आयोग बन्छ । अब चाहीँ यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिष्टम माथि नै अध्ययन गर्नुपर्छ ।’

‘त्यसैले यसको समग्र अध्ययनका लागि अव मन्त्रालयले प्रश्ताव गरोस । आउने क्याविनेटको बैठकमा हाम्रो सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि रु संरचनागत समस्या हो कि रु प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो रु अनुगमनको स्थिति के हो रु यो नियमनको स्थिति के हो रु भन्नेमा समग्र अध्ययनाका लागि एउटा आयोग बनाएर नै अध्ययन समिति बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँहरुले निर्देशन दिनुभएको छ । त्यसपछि पनि म र सचिवज्युसमेत राति प्रधानमन्त्रीज्युसँग समेत यो विषयमा थप छलफल पनि गरेका छौं । हामी धेरै रातिसम्म छलफलमा नै थियौं ।’

मन्त्री पाण्डेले हवाई क्षेत्रको सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि रु संरचनागत समस्या हो कि रु प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो रु अनुगमनको स्थिति के हो रु यो नियमनको स्थिति के हो रु भन्नेमा समग्र अध्ययनका लागि सो आयोग गठन गर्न लागेको पनि स्पष्ट पार्नुभयो ।