२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday
Latest
‘एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ’ कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत विवाह बन्धनमा बाँधिए अस्मिता र महेश राष्ट्रियसभा बैठकमा सांसदहरुः एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ भर्खर जङ्गलबाट शहर छिरेका जम्बो मन्त्रीहरुले संसदमा असभ्य र अशिष्ट शब्दहरु बोल्न थालेः सांसद रिजाल गैरआवासीय नेपाली नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माओवादी केन्द्रको माग सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको रास्वपा सांसद ढकालको आरोप ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द कागजमा आयातमुखी बन्दा नेपालले दशौं अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चिनु परेको छः चन्द्र ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनलाई पक्राउ गर्न आग्रह



अ+ अ-

एजेन्सी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।

पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।

युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्र्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ ।

मार्च २०२३ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रूसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

शेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु ‘मानक प्रोटोकल’ भएको बताएका छन् ।

मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी शेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गर्नुभएको थियो । उहाँलाई बधाई दिने विश्वका नेताहरूको पङ्तीमा प्टिन र जेलेन्स्की पनि रहेका छन् ।




भर्खरै