१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोभिता धुलिपलासँग इन्गेजमेन्ट गर्दैछन् नागा चैतन्य



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले इन्गेजमेन्ट गर्दैछन् ।

द ग्रेट आन्ध्रको एक रिपोर्टका अनुसार यो जोडीले चैतन्यको घरमा बिहीबार एक समारोहको बिच इन्गेजमेन्ट गर्दैछन् ।

नागा चैतन्यले सन् २०१७ मा सामन्था रुथ प्रभुसँग विवाह गरेका थिए । तर, तीन वर्षमै उनीहरुको सम्बन्धविच्छेद गरेका थिए । यी दुबैले हालसम्म अलग हुनुको कारण भने खुलाएका छैनन् ।

सामन्थासँग सम्बन्धविच्छेद भएको तीन वर्षपछि नागा चैतन्य फेरि एकपटक दुलहा बन्ने तयारीमा छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, अभिनेताले आज आफ्नी प्रेमिका शोभिता धुलिपलासँग इन्गेजमेन्ट गर्दैछन्।

शोभिताले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन्, शोभिताले सन् २०१३ मा मिस इन्डिया अर्थको उपाधि जितेकी थिइन् । सोही वर्ष मिस इन्डिया प्रतियोगितामा उनी दोस्रो भएकी थिइन् ।

यसपछि उनले धेरै अडिसन दिए र रिजेक्टको सामना पनि गरे । उनले२०१६ मा अनुराग कश्यपको फिल्म रमन राघव २.० बाट बलिउडमा डेब्यू गरिन्। उनी सैफ अली खानको फिल्म शैफमा पनि देखिएकी थिइन् ।

शोभिताले प्राइम भिडियोको मेड इन हेभेन सिरिजबाट लोकप्रियता कमाएकी थिइन् । शोभिता अनिल कपूर र आदित्य रोय कपुर स्टारर द नाइट म्यानेजरबाट रातारात स्टार भइन्। योसँगै शोभिता ओटीटीकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि बनेकी छिन् ।