१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उहाँले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने(बनाउने) गरेका छन ।

डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन । एउटै डोरी रु दुई सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गरेको छ । “घरमै बसेर डोरी तयार गर्छौ” उहाँले भन्नुभयो, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुरयाएर बिक्री गर्दै आएको छु ।”

दैनिक रु एक हजार जतिको डोरी बिक्री हुने गरेको उहाँ बताउनु हुन्छ । डोरी बेच्नकै लागि विहानीको खाना खाएर गाउँ चहार्दै हिडने राना साँझ अवेर मात्रै घर फर्कने गर्दछन । डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन । सबै भन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ । गाई गोरु बाध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताउनुभयो । डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन ।

“धेरै परिवार हँदा आर्थिक अभाव सधैं भैरहन्थ्यो” उहाँले भन्नुभयो, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हँुदैनथ्यो, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बावियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो । खेतवारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जव देखि बजारमा प्लाष्टिका डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे । ” जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उहाँ बताउनुहुन्छ ।

व्यवसायीक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेर पछि गर्न थालेको उहाँको भनाई रहेको छ । घरमा कोही विरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उहाँले सहयोग गर्नु हुन्छ । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भएपछि रानाले दोश्रो विवाह भने गर्नु भएको छैन । जेठो दाजुको घरमा उहाँ बस्दै आउनु भएको छ । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन् । “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए” डुठ्ठा रानाले भन्नुभयो, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे ।” परिवारलाई आवश्यकता परेका बेला उहाँले आर्थिक सहयोग गर्दानै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ । “घरमा ठुलो काम गर्दा लाग्ने पैसा उहाँलेनै दिनु हुन्छ” उहाँले भन्नुभयो, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइ गर्नु हुन्छ । उमेर छदा डोरी बेचेर महिनामै रु ५०/६० हजार सम्म पनि कमाउथे, उमेर ढल्कीदै जाँदा कमाइ पनि घटेको छ, ।”

घर खर्च संगै आफुलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आउनु भएको छ । आफुलाई चाहिने खर्च अरु संग मागेको अहिले सम्म नदेखेको डुठठा बताउनु हुन्छ । “हामीले आपतविपत परेका बेला उहाँ संग पैशा माग्छौं उहाँले अहिले सम्म हामी संग पैशा माग्नु भएको छैन” उहाँ भन्नु हुन्छ । पूर्व वडा अध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफुले बन्धुलाई चिनेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ,“व्यवसायीक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नु पर्ने हुन्छ ।” रासस