५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो



अ+ अ-

गुलरिया । थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ ।

थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताउनुभयो । मौवा संरक्षण अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारू सामुदायिक वनको एक दशमलव तीन हेक्टर खाली जग्गामा दुई हजार ७४ वटा बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयले एकवर्षे र बहुवर्षे गरी एक लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब एक लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४ दशमलव ९२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण भएको बताइएको छ ।

प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताउनुभयो । मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दैै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेश सरकारको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा अधिक प्रयोग हुने गरेको छ ।रासस