५ मंसिर २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीले विदेशमा राखेको भनिएको सम्पत्तिको यथार्थता सार्वजनिक गर्न राप्रपाका प्रवक्ताको माग भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल आउँदै पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस आत्मनिर्भर बनाउन अचार बनाउने तालिम अराजकता फैलाउने ९ युट्युव कारवाहीमा देशका अधिकांश भागमा आज मौसम सफा रहने शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ: मन्त्री यादव सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक स् स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडिगाड पहिरो: तीन बालबालिका अझै बेपत्ता



अ+ अ-

बलेवा । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

झब्रिखेत बस्ती जोखिममा

यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो ।

हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताउनुभयो । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् ।रासस