२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग



अ+ अ-

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ ।

बुधवार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको बताउनु भयो ।

उहाँले आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको उल्लेख गर्नुभयो । उहाँले बुधवार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘आज नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका सूर्यचौरमा एयर डाइनेष्टी—नाइन एन एडीडी कनसाइन हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा चालक सहित चार जना यात्रुको मुत्यु भएको छ । हेलिकप्टर दुर्घटनामा सबै चिनियाँ नागरिक रहेका छन् । यो घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल छन् । गठन भएको ३० दिन समय अवधि हुनेछ ।’

उहाँले हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको बताउनु भयो ।