२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग



अ+ अ-

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ ।

बुधवार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको बताउनु भयो ।

उहाँले आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको उल्लेख गर्नुभयो । उहाँले बुधवार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘आज नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका सूर्यचौरमा एयर डाइनेष्टी—नाइन एन एडीडी कनसाइन हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा चालक सहित चार जना यात्रुको मुत्यु भएको छ । हेलिकप्टर दुर्घटनामा सबै चिनियाँ नागरिक रहेका छन् । यो घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल छन् । गठन भएको ३० दिन समय अवधि हुनेछ ।’

उहाँले हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको बताउनु भयो ।