१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काँग्रेस केन्द्रिय समितिमा प्रश्ताव: सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गरौँ

काँग्रेस केन्द्रिय समितिमा प्रश्ताव: सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गरौँ
अ अ+ अ-

काठमाडौँ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रश्ताव प्रश्तुत भएको छ ।

बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा सो प्रश्ताव प्रश्तुत भएको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले बताउनु भयो । उहाँकाअनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएका छन् । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरी प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल गर्ने प्रश्ताव छ ।

उहाँले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताउनु भयो । उहाँले भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रश्तावबारे पनि छलफल हुने बताउनु भयो । उहाँले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गर्नुभएको पनि जानकारी दिनुभयो । उहाँले पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रश्तावको विषय बनेको बताउनु भयो । क्रियाशिल सदस्यताको नयाँ र नविकरणको विषयमा पनि बिहीवारको बैठकमा छलफल हुने बताउनु भयो । विदेशस्थित जनसम्पर्क समितिहरु विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताउनु भयो । पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रश्तावित भएको बताउनु भयो । मसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज छलफलको विषय वस्तुहरु प्रश्तुत भए । ११ वटा विषयवस्तुहरु प्रवेश भएको छ । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरेको थियो । ति प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल हुन्छ । भोलिबाटै हुन्छ । राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा जुन कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन भएको छ । भ्रातृ संगठनहरुको अधिवेशनका लागि जुन समय दिइएको र निर्देशक समिति समेत बनाउने पार्टीले निर्णय गरेको छ, त्यो छलफलको विषय रह्यो । सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रश्ताव पनि आज प्रवेश गरेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाजीले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गर्नुभयो, त्यस सम्बन्धी निर्णय पनि लिनुपर्ने प्रश्ताव आएको छ ।’

‘पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रश्तावको विषय छ । क्रियाशिल सदस्यताको नयाँ र नविकरणको विषय छ । पुरानो क्रियाशिल सदस्यताको कार्ड वितरण पूरा गर्ने विषय, क्रियाशिल सदस्यता नविकरण गर्ने विषय र नयाँ क्रियाशिल सदस्यता दिने विषयमा सर्कुलर जिल्लालाई पार्टीले गरिसकेको छ, त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने कामका विषयमा पनि छलफल प्रश्ताव आएको छ । विदेशस्थित जनसम्पर्क समितिहरु जो छन्, नेपाली काँग्रेससँग आवद्ध ति समितिका सन्दर्भमा पनि कसरी विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय छ । नियमावली संशोधन, पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश गरेको छ । पार्टीको चुनावमा जितेर जो आफ्नो जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरुको लागि कार्यसम्पादन निर्देशिका पार्टीको तर्फबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि उहाँहरुले राम्रो काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रश्तावित भएको छ । समसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुन्छ ।’

बैठक बिहीवार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिनुभयो । नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी चार जना चिनियाँ नागरिक र पाइलटसहित दुर्घटनामा परेकोबारे पार्टीले दु:ख प्रकट गरेको बताउनु भयो । मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताउनु भयो ।